adv

पुर्खाहरुको सौन्दर्य

~राजकुमार सुब्बा अनिश्चित

बनाउनु छ सरकारी वकिलको घर छेउमै
मैले पनि एउटा ठूलो आलिशान महल
बनाउनु छ चारैतिर
पचपन्ने झ्याले दरबारका झैं
बुट्टेदार
षड्यन्त्रपूर्वक खोपिएका मानव खप्परका केही आकृतिहरु,
गाउनु छ मैले त्यहीँबाट पहिचानको गीत,
हेर्नू छ मेरो आदिम पुर्खाहरुको सौन्दर्य
खोज्नु छ विरासतका धुमिल इतिहासका ठेलीहरु ।
लगाउनु छ बार्दलीका वरिपरि
तिमिले जस्तै रङ्गीन
बिजुली बत्तिका केहिथान चिमहरु
जोड्नु छ डिसहोमका च्यानल सङ्ग
सुत्केरि महिलाको एउटा नग्न तस्वीर
देखाउनु छ तिमीलाई त्यही च्यानलबाट
जबर्जस्त तिमीले रुचाएको,
यो देशको राष्ट्रिय गान ।
बनाउनु छ,सखारै
तिमी हिँड्ने बाटो सङ्गै एउटा ठूलो बाटो पनि
जहाँबाट सधैं तिमी पूर्व मात्रै फर्किएर हिँड्यौ
सुनाउनु छ तङ्सिङमा मुन्धुमी लयका
केही थान कविताका हरफहरु
तथापि तिम्रा नश्लका चेतहरुलाई
काट्न सकियोस् त्यही कविताका धारहरुले

भन्न सकुँ म अझै पनि
यो देश ,मेरो पुर्खाहरुको
सौन्दर्य हो भनेर १

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु