काठमाडौं । अर्जुन तिवारीद्वारा निर्देशित छोटो चलचित्र ‘क्रन्दन’ सार्वजनिक भएको छ । ज्यालादारी मजदुरहरुको कथामा आधारित यस छोटो चलचित्रको कथा, निर्देशन, छायांकन तथा सम्पादन सवै अर्जुन तिवारीको रहेको छ ।
चलचित्र अर्जुन तिवारिकै अफिसियल युट्युब च्यानल ARRI मार्फत सार्बजनिक गरिएको छ ।
बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि एतिबेला देश लकडाउनमा छ र सबै भन्दा बढी मारमा दैनिक ज्यालादारी मजदुर छन् र उनीहरुको जीबनयापन र दैनिकी कस्टकर बन्दै गईरहेको छ यस्तै कथालाई छोटो चलचित्र ‘क्रन्दन’ मार्फत प्रस्तुत गरिएको बताउछन निर्देशक तिवारी ।
‘क्रन्दन’मा कलाकार राज न्यौपानेलाई फिचर गरिएको छ । यस छोटो चलचित्रमा बिजय बराल, सन्दिप क्षेत्री, प्रमिला खनाल, नरेन्द्र बराल, प्रान्श तिवारी, प्रिन्शु तिवारी, बिनोद ढकाल र अभिनित चौलागाईं लगायतले आवाज दिएका छन् । अभिनेता पल शाह लाई पनि चलचित्रको अन्तिममा अतिथि भूमिकामा प्रस्तुत गरिएको छ । (भिडियो )