adv
adv

थप २० जनामा काेराेना पुष्टि, नेपालमा संक्रमित संख्या ५०७ पुग्याे

काठमाडौं,९ जेष्ठ ।  नेपालमा थप २० जनामा  कोरोना भाइरस पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र  कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्।

संक्रमितहरु कैलालीका ३ पुरुष ( १९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले बताए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ। ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् भने हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु