adv

पाकिस्तानमा ९० बढी यात्रु बोकेको बिमान दुर्घटना

काठमाडौं ,९ जेष्ठ  । पाकिस्तानमा ९०  बढी मानिस बोकेको विमान दुर्घटना भएको छ।

शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो।

पिआइएका प्रवक्ता अब्दुल सत्तरले दुर्घटना भएको पुष्टि गरेका छन्। उक्त विमानमा आठ चालक दलसहित ९० यात्रु सवार थिए।

विमान दुर्घटना भएको स्थानका केही घर र सवारी साधन क्षतिग्रस्त भएको जनाइएको छ। हालसम्म चार जनाको शव निकालिएको र केहीलाई अस्पताल पुर्‍याइएको सन्चार माध्यमहरुले उल्लेख गरेकाा छन्।

प्रत्यक्षदर्शीहरुले विमान झरिरहेका बेला पखेेँटाबाट आगो निस्किरहेको र घरको छतमा आएर बजारिएको बताएका छन्।

इन्टर सर्भिसेस पब्लिक रिलेसनस् (आइएसपीआर)ले विज्ञप्ति जारी गर्दै उद्धार गर्न सेना तथा रेन्जरहरू खटिरहेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सम्पूर्ण अस्पतालमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । (एजेन्सी )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु