adv

झापाको १ सहित थप ३६ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ५८४ पुग्यो

काठमाडौँ,१० जेष्ठ । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५८४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नरैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु