adv

नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो,सोमबार बिहानै ७२ जनामा कोरोना पुष्टि

काठमाडौँ ,१२ जेष्ठ । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहान थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् ।

संक्रमितहरु रौतहटका २६ तथा बाराका २३ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको फरदहवा–२, ६ र ८ तथा इशनाथ–२ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै बाराको गडीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया–१ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।

सोमबार संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन–३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका–४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा–३ र ६ तथा बुढानिलकण्ड–३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् ।

यस्तै बर्दियाको बासगढी–९ का २५ वर्षे युवा, बाँकेको दुधवा–२ र राप्ती सोनारी–७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा संक्रमण पुष्टि भएको हो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु