adv

चुलाचुली मिडिया प्रा.लि. को प्रस्तुती ‘सेवाराे बाजे’ वेव श्रृङखला

चुलाचुली, १२ जेठ । चुलाचुली मिडिया प्रा.लि. को प्रस्तुती तथा लगानिमा निर्माण गरिएको वेव श्रृङखला सेवारो बाजे को पहिलो भाग शनिबार सार्वजनिक भएको छ ।

कथामा कलडाउनकाे समयमा गाउँकाे महत्वलाइ दर्शाउन खाेजिएकाे छ । मानिसहरू गाउँका खेतबारी बाझाे नै छाडेर शहर केन्द्रीत भइरहेकाे वर्तमान अवस्थालाइ चित्रण गरिएकाे छ ।

यस वेव श्रृङखलामा कलाकारहरू राज फागो (सेवारो बाजे), दीपेस मगर, मन कुमार लिम्बू, मनिसा विश्वकर्माले अभिनय गरेका छन् । छाँयाकन संजय लामगादेकाे रहेकाे छ । भिडियो सम्पादन मोते फिल्म प्रा.लि.ले गरेकाे छ भने लाईटमा नारायण न्यौपाने रहेका छन् । कथा परिकल्पना तथा निर्देशन सेवारो बाजे टिमकाे रहेको छ ।

लकडाउनको समयलाई सदुपयोग गरेर निर्माण गरिएको वेव श्रृङखला हरेक शनिबारको साँझ ७ः३० बजे चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गर्ने निर्माण पक्षले बताएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु