adv
adv

चुलचाचुली गाउँपालिकाको क्वारेन्टिनमा रहेका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

इलाम, १२ जेठ । इलामको चुलचाचुली गाउँपालिकाबाट पिसिआर परिक्षणका लागि पठाइएका सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ ।

चुलाचुली गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ४ जना पुरूषहरूको पिसिआर परिक्षणका लागि केही दिन अगाडी उनिहरुको स्वाब संकलन गरी पठाईएको थियो । चुलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुष्यान्त दाहालका अनुसार स्वाव पठाइएका चारै जनाको रिपोर्ट नेगेटीभ आएको हाे ।

भारतको मुम्वईबाट काँकडभिट्टा नाका हुदै नेपाल आएर जेष्ठ २ गते सम्म कलवलगुडी क्वारेन्टाईनमा बसेका उनिहरु जेष्ठ ५ गते चुलाचुली गाउँपालिका आएका थिए । उनिहरु १७ र १८ वर्ष उमेर समुहका छन् ।

अहिले सम्म गाउँपालिकाको क्वारेन्टाईनमा बसेका ३२ जनाको आरडिटी परिक्षण भएको छ । त्यसमा सबै जनाको रिपोर्ट नेगेटीभ आएको जनाईएको छ । अहिले उनिहरुलाई होम क्वारेन्टाईन पठाईएको स्वास्थ्य प्रमुख दाहालले जानकारी दिनुभयो ।

गाउँपालिकामा कतार, मलेसिया, दुवई लगायतका देशबाट आएका ५० जनालाई सेल्फ क्वारेन्टाईनमा राखिएको स्वास्थ्य प्रमुख दाहालले वताउनुभयो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु