adv

कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४ पुग्यो

वीरगञ्ज ,१२ जेष्ठ  । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ  ।  बाराका एक व्यक्तिको मृत्यु भएको नौ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएसंगै मृतक संख्या ४ पुगेको हो ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भइ अन्त्येष्टि समेत गरिसकिएका वृद्धको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।  बारा जिल्ला करैयामाइ गाउँपालिका ७ घर भएका चौधरी थरका ७० वर्षीय ती वृद्धको पीसीआर रिपोर्ट नआउँदै कलेजले शव परिवारको जिम्मा लगाएर पठाइ दिएपछि आफन्तले शवको अन्तिम दाहसंस्कार भने ४ गते नै गरिसकेका छन् ।

दम र निमोनियाबाट ग्रसित ७० वर्षीय वृद्धालाई मेडिकल कलेजको आइसीयुमा जेठ २ गते दिउँसो भर्ना गरिएको थियो । आइसीयुमा राख्नुअघि कोरोनाको आशंकामा उनको स्वाब पीसीआर परीक्षणका लागि मेडिकल कलेजले नै नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो ।

तर, स्वाब परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राती वृद्धको मृत्यु भएको थियो । नारायणीको प्रयोगशालमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको भन्दै कन्फरमेसनका लागि नारायणीले उक्त स्वाब जेठ ७ गते काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु