adv

झापाका १७ जनामा कोरोना पुष्टि ,संक्रमित संख्या ५४ पुग्यो

काठमाडौं ,१४ जेष्ठ ।  झापामा बुधबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा परीक्षण गर्दा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको  प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।

संक्रमितहरु  कचनकवल गाउँपालिका १५ जना  र  गाैरादह नगरपालिकाका २ जना रहेका छन् । यो संगै झापामा संक्रमितको संख्या ५४ पुगेकाे छ । प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु