adv

नेपालमा एकैदिन ११४ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ८८६ पुग्यो

काठमाडौं ,१४ जेष्ठ । नेपालमा बुधबार एकैदिन १ सय १४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ । संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन्  भने ४ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु