काठमाडौँ ,१५ बिहिबार । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २ हजार १ सय ७ सय पुगेको छ ।
त्यस्तै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख ४५ हजार ८०३ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख ९० हजार १०३ जना निको भएका छन् ।
अमेरिकामा गएको जनवरी २१ मा वासिङ्गटनमा पहिलो संक्रमण पुष्टि भएको थियो । चार महिना भित्र संक्रमित तथा मृत्यु हुनेको संख्या विश्वकै सबैभन्दा धेरै भएको हो ।
विश्वभर हालसम्म ५७ लाख ९२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये कम्तिमा तीन लाख ५७ हजार ४६७ जनाको ज्यान गएको छ ।