adv

झापाका २५ जनासहित १५६ मा कोरोना पुष्टि,संक्रमित संख्या १ हजार नाघ्यो

काठमाडौं ,१५ जेष्ठ । नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या हजार नाघेको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् ।

संक्रमितहरु झापाका २५ जना ,धनुषाका २९ जना,रौतहटका २० जना, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, स्याङ्जाका ३ जना, दोलखा, कैलाली र बर्दियाका २/२ जना र बाँके, मकवानपुर, दार्चुला, बझाङ, सोलुखुम्बु र नवलपरासी पूर्वका एक/एक जना रहेका छन् ।

अहिलेसम्म नेपालका ५१ जिल्लामा संक्रमित फेला परिसकेका छन् । नेपालमा कोरोनाबाट निको हुनेको संख्या १८७ जना रहेको छ भने ५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु