adv

बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन्

काठमाडौं,१५ जेष्ठ ।  बरिष्ठ ख्यातिप्राप्त गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।  बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन अस्पतालले जनाएको छ ।

८३ बर्षीय थापाको नशा च्यापिएपछी गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो । त्यसयता उनी घरमै आराम गरिरहेका थिए ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । यसको नतिजा नआइन्जेल उनको शव अस्पतालमै राखिने पारिवारिक श्रोतले जनाएको छ ।

उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडा,उकारी ओरालो गर्दै आदि दर्जनौं गीतहरु  लोकप्रिय छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु