adv

मोरड्ँमा आमाको हत्या गरी आत्महत्या

मोरङ,१५ जेष्ठ  । मोरड्ंको बेलबारी नगरपालिका-४ बुधबारेमा बिहीबार एक युवाले आमालाई हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

स्थानीय ३० वर्षीय जीवनबहादुर लिम्बूले आमा ५५ वर्षीया देवीकुमारीलाई हत्या गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक विश्‍व अधिकारीले बताए ।

जीवनले देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेपछि उक्त छुरीले नै आफ्नो घाँटी र पेटमा प्रहार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । घाइते जीवनको सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घट्नाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय बेलबारीको प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको छानबिन टोली घटनास्थल पुगेर छानबिन गरिरहेको एसपी अधिकारीले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु