adv

कोरोनाबाट प्रदेश न १ मा १८ जना निको भएर डिस्चार्ज भए

धरान, २० जेठ । प्रदेश–१ को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन् । उनीहरुलाई सोमबार राति अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पलाले जानकारी दिएको हो ।

उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए ।

धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ । अब प्रतिष्ठानमा झापाका ८० संक्रमित रहेका  छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु