adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या २६३४ पुग्यो,बिहिबार ३३४ जना थपिए

काठमाडौं ,२२ जेष्ठ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २६३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार थप ३३४ जनामा कोरोना पुष्टि भए संगै कुल संख्या २६३४ पुगेको हो

संक्रमित हुनेहरुमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले  जानकारी दिए  ।

नेपालमा डिस्चार्ज हुनेको संख्या २९० रहेको छ । १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु