adv

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो,४८८ जना निको भए

झापा,२६ जेष्ठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । सोमबार थप एक जनाको मृत्‍यु भए संगै कुल मृतक संख्या १४ पुगेको मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बताएका हुन् ।

मृत्यु हुने स्याङ्जाको वालिङ नगरपालिकाका वडा नं ३ का ६० वर्षीय पुरुष रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८८ पुगेको छ । पछिल्लो २४ घन्टामा  डिस्चार्ज हुनेको संख्या २१ रहेको छ । डिस्चार्ज हुनेहरु खजुरा बाँकेबाट २० जना डिस्चार्ज भएका हुन् भने कोभिड युनिफाइड अस्पतालबाट १ जना डिस्चार्ज भएको  प्रवक्ता गौतमले बताए ।

देशभरी कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ भने कोरोना भाइरसबाट अहिलेसम्म ७१ जिल्ला संक्रमित भएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु