adv

नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुग्यो,सोमबार थपिए ३१४ जना नयाँ संक्रमित

झापा,२६ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । सोमबार थप पछिल्लो २४ घन्टामा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७६२ पुगेको जनाए ।

संक्रमित हुनेमा झापाका १० जना, सुनसरीका १ जना, मोरङका ९ जना, सप्तरीका ६ जना, बलांग बिउ गाउँपालिका क्वारेन्टाइनका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका १५ जना, स्याङ्जाका १ जना, पोखराका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौटहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, दैलेखका १० जना, सल्यानका ५ जना, सुर्खेतका १ जना, अर्घाखाँचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्यूठानका ८ जना र रुपन्देहीका ५ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जना रहेका छन् ।

यस्तै कोरोना भाइरसबाट अहिलेसम्म ७१ जिल्ला संक्रमित भएका छन्। नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४८८ रहेको भने १४ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु