झापा,२७ जेष्ठ । सुनसरीको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका २८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य प्रोटोकलअनुसार उनीहरुको दुई पटकसम्म पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।
डिस्चार्ज हुनेहरु १८ देखि ५६ वर्ष उमेर समूहका रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले मंगलबार बिहान चौथोपटक अस्पतालबाट एकैपटक ठूलो संख्यामा संक्रमण मुक्त भएर मानिसहरु डिस्चार्ज भएको जनाएको छ ।
प्रतिष्ठानमा हाल ५५ जना कोभिड–१९ का बिरामी छन् । यो संगै प्रदेश १ मा कोरोना संक्रमण मुक्त हुनेको संख्या ११८ पुगेको छ ।