झापा,२७ जेठ । इलाम जिल्लामा पहिलाे पटक आज मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार संक्रमित व्यक्ति सूर्योदय नगरपालिकाका २६ बर्षिय युवा रहेका छन् । कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणमा उनको पिसिआर टेष्ट पोजेटिभ देखिएको हो ।
सूर्योदय नगरपालिका समाल्बुङका २६ बर्षिय ति युवाभारतको चेन्नाईबाटआएका हुन् । उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।
यो संगै नेपालमा संक्रमित जिल्ला ७२ पुगेको छ ।