adv

मंगलबार ३२३ जना नयाँ संक्रमित थपिदा नेपालमा कोरोना संक्रमित संख्या ४०८५ पुग्यो

झापा,२७ जेष्ठ । नेपालमा मंगलबार थप ३२३ जनामा कोरोना पुष्टि भएको छ पछिल्लो २४ घन्टामा ३२३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् ।

त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।

जस्मा ३७९८ पुरुष तथा महिला २८७ जना रहेका छन्। यो सँगै संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु