adv
adv

मेचीनगरका ७६ परिवारलाई हर्क फ्याकको समन्वयमा खाद्यान्न राहत वितरण

झापा,५ जेष्ठ । झापाकाे मेचीनगरमा लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई खाद्यान्न राहत वितरण गरिएकाे छ । काकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष समेत रहेका समाजसेवी हर्क फ्याकको समन्वयमा ७६ परिवारलाई साे खाद्यान्न राहत वितरण गरिएकाे हाे ।

लकडाउनका कारण बिपन्न र दैनिक ज्यालादारी गर्नेहरूलाई प्रत्यक्ष असर परेकाे छ । समस्यामा परेका ती मजदुरी गरी विहान बेलुकी छाक टार्न समस्यामा  परेका मेचीनगर ६ का ७६ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराईएको हो । बिहिबार प्रत्येक परिवारलाई संख्याको आधारमा १५ केजी र २५ केजीका दरले चामल उपलब्ध गरेको समाजसेवी फ्याकले बताए ।

वितरण गरिएकाे राहत खरीदका लागि हङकङ निवासी निर्मला लिङदेन, तिर्थ लिङदेन र मिलन लिङदेनले संयुक्त रुपमा  उपलब्ध गराएका  हुन् । उनीहरुले  नगद रु ५४ हजार रुपैया समाजसेवी फ्याकलाई पठाएका थिए । त्यसबाट रु १० हजार काकरभिट्टा सोसाइटीलाई उपलब्ध गराएकाे गरेको फ्याकले बताए । काकरभिट्टा सोसाइटीले नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुलाई दाताहरुकै सहयोगमा खाना खुवाउदै आइरहेको छ ।

आफु बिदेशमा रहेर पनि आफ्नो देशमा कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण  दैनिक ज्यालादारी गरी जिविका चलाउने परिवारलाई सहयोग गर्न पाएकोमा खुशी लागेको दाताहरुले बताएका छन्  । बन्दाबंदिको समयमा सहयोगी मन र हातले दिएको रकम सदुपयोग गर्न पाएकोमा हर्सित भएको समाजसेवी फ्याकले बताए ।

 यो भन्दा अगाडी पनि उनकै समन्वयमा मेचीनगर ६ कै २६ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गराईएको थियो । फ्याक काकरभिट्टा खानेपानी संस्थाका अध्यक्ष, किराँत याक्थुगं चुम्लुगं मेचीनगरका पूर्व अध्यक्ष तथा दर्जनौ सामाजिक संघसंस्थामा आबद्ध रहनुका साथै विभिन्न सामाजिक सेवामा अग्रसर व्यक्ति हुन्  ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु