काठमाडौँ ,२८ जेष्ठ । सरकारले लकडाउन खोल्दै जाने निर्णय सार्वजनिक गरेको छ।
कोरोना संक्रमण कायमै रहेको भन्दै सरकारले चरणबद्ध रुपमा विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
सरकारी कार्यालय, निजी सवारी साधान, उद्योग व्यापार व्यवसाय, डिर्पाटमेण्ट स्टोर, सबै प्रकारका ढुवानी, पैदल आवागनमन गर्न खुला गर्ने निर्णय गरेको छ।
त्यस्तै सरकारले साइकल र मोटर साइकल चल्न दिने, बैंक, वित्तिय संस्था, बिमाका कार्यालय खोल्न पाइने, विकास आयोजनाहरु सञ्चालन गर्न पाइने र रेस्टुरेन्ट प्याकिङ दिने गरी खोल्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए।
तर सरकारले १३ वटा क्षेत्रलाई भने तत्कालन नखोल्ने निर्णय गरेको छ।
ती निम्नअनुसार छन्:
शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र,
अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान,
तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार,
सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,
सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,
सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, सैलुन र ब्युटीपार्लर,
स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
सपिङ महल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
सबै धार्मिक तथा सार्वजनिक स्थलहरु

