झापा,३० जेष्ठ । इलाम जिल्लामा थप १ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । शुक्रबार ईलामका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेमा करफोक क्वारेन्टिनमा रहेको सूर्योदय नगरपालिकाका १८ बर्षिय युवा रहेका छन् । उनी गत जेठ २० गते सिलिगुडीबाट इलाम आएका थिए ।
उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइसकिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए । यो संगै ईलाममा संक्रमितको संख्या २ पुगेको छ ।
यसअघि जेठ २७ गते करफोक क्वारेन्टाइनमा नै रहेका २६ बर्षिय युवकमा कोरोनाको संक्रमण देखिएको थियो ।
हालसम्म देशभरी नै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

