adv

झापाका १३ जनामा कोरोना संक्रमण पुष्टि

झापा,३० जेष्ठ । झापामा आज एकै दिन १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु झापाको कचनकबल गाउँपालिकाका ११ जना र बाह्रदशी गाउँपालिकाका २ जना रहेका छन् । उनीहरु सबैजना भारतबाट आएका हुन् ।

यो संगै झापामा सबैभन्दा बढी  कचनकवलमा १ सय २७ सक्रमित रहेका छन्

त्यस्तै दमक १, बाह्रदशी ६, गौरीगञ्ज १२ , गौरादह ४, कमल १, अर्जुनधारा २, भद्रपुर ३ जना, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३ र हल्दिवारी २ गरि जिल्लाभरी कुल १ सय ६९ संक्रमित पुगेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु