adv

झापामा थप ५ मा कोरोना संक्रमण पुष्टि हुदा संक्रमित संख्या १७४ पुग्यो

झापा ,३१ जेष्ठ । झापामा शनिबार  थप ५ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप ५ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

संक्रमितहरु झापा गौरीगञ्ज गाउँपालिकाका ३ जना पुरुष, बाह्रदशी गाउँपालिकाका १ जना पुरुष र शिवसताक्षी नगरपालिकाकी एक जना महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पाँचै जना संक्रमित भारतको दिल्ली र मुम्बईबाट २० दिनअघि काँकरभिट्टा भित्रिएर आफ्नो वडाको क्वारेन्टिनमा बसेका थिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १७४ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु