adv

विर्तामाेडमा स्वतन्त्र युवाहरूद्वारा सरकार विरूद्ध प्रदर्शन

भूमिका सुब्बा, विर्तामाेड, ३१ जेठ । झापकाे विर्तामाेडमा स्वतन्त्र युवाहरूकाे समूहले सरकार विरूद्ध विराेध प्रदर्शन गरेकाे छ । युवाहरूकाे समूहले १०० प्रतिशत पिसीआर परिक्षण गर्नु पर्ने, काेराेनाकाे नाममा भ्रष्टचार गर्नेलाई कार्वाही गर्नु पर्ने लगायतकाे माग राख्दै सरकार विरूद्ध विराेध प्रदर्शन गरेकाे हाे ।

स्वतस्फूर्त रूपमा निस्किएका करिव दुइ सय संख्यामा रहेकाे युवाहरूकाे समूहलाई पानिले पनि राेक्न सकेन । पानि परिरहेकाे समयमा पनि विर्तामाेडकाे मुक्ति चाैकमा हातमा प्लेकार्ड, व्यानर बाेकेर सरकारलाई खबरदारी गर्न युवाहरू सडकमा निस्किएका थिए । सरकारले कोरोना भाइरस (कोभिड १९ )  महामारी रोकथाम तथा नियन्त्रणकाे नाममा लकडाउन मात्र बढाउने काम गर्याे तर नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनिहरुले विरोध प्रर्दशन गरेका हुन् ।

सरकारले काेराेना नियन्त्रण गर्नका लागि आवश्यक नीति निर्माण र कार्यन्वयनमा अग्रसर नदेखिएकाे आराेप लगाउदै सडकमा उत्रिएका थिए । सरकार कुर्सी जाेगाउन र कमाउनमा नै व्यस्त देखिएकाे, सरकारले क्वारेन्टिनकाे नाममा चरम राजनीति र कमाइखाने खेल मात्र खेलिरहेकाे विराेध प्रदर्शनमा सहभागी एक युवाले बताए ।

सरकारलाइ खबरदारी गर्दै नेपालकाे नयाँ नक्सा सार्वजनिक गरेकाेमा धन्यवाद समेत व्यक्त गरेका छन् ।  बिर्तामोड परिक्रमा गरेको र्यालीले गाउँगाउँबाट उठ…बस्ति बस्ति बाट उठसँगै अन्त्यमा राष्ट्रीय गीत गाउदै विराेध प्रदर्शन कार्यक्रम समापन भएकाे थियाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु