adv
Advertise Expired !

पत्रकारहरुलाई पत्रकार मञ्चले गर्यो मास्क वितरण

दमक, १ असार ।


पत्रकार मञ्च दमकले सोमबार दमक र आसपासका क्रियाशील पत्रकारहरुलाई मास्क वितरण गरेको छ ।
मञ्चको कार्यालयमा एक कार्यक्रमका बीच एन ९५ र सर्जिकल माक्स विरतण गरिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए । कोरोनाको संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने हेतुले क्रियाशील पत्रकारहरुलाई मास्क उपलब्ध गराइएको गदालको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीको सोकीय सचिव इन्द्र भण्डारी र पूर्व प्रेस संयोजक चेतन अधिकारीबाट प्राप्त एक सय थान एन ९५ मास्क क्रियाशील पत्रकारहरुलाई वितरण गरिएको हो । त्यस्तै स्थानीय व्यवसायीले दुई सय थान सर्जिकल माक्स र ९ थान एन ९५ मास्क मञ्चलाई सहयोग गरेको अध्यक्ष गदालले जानकरी दिए ।
कार्यक्रममा सहभागी १६ जना पत्रकारहरुलाई मास्क वितरण गरिएको र अन्य पत्रकारहरुलाई कार्यरत मिडियामै पुगेर मास्क उपलब्ध गराइने मञ्चका सचिव देशराज नेम्बाङले बताए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु