adv

नेपालमा सोमबार ४५१ नयाँ कोरोना संक्रमित थपिदा कुल सख्या ६,२११ पुग्यो

झापा,१ असार नेपालमा सोमबार थप ४५१ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४५१ जना संक्रमितहरु थपिएका हुन् ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६,प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९,रोल्पाका ४, काठमाडौँका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ जना संक्रमित थपिएका हुन्।

उनीहरुमध्ये ३५ जना महिला र ४१६ जना पुरुष छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् ।

 त्यस्तै पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका उनले जानकारी दिए ।

यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु