adv
Advertise Expired !

माङसेबुङमा खानेपानिकाे चरम अभाव

बालकृष्ण बस्नेत, माङसेबुङ, १ असार । ईलामकाे माङसेबुङ गाउँपालिका वडा नं. २ ईभाङ स्थित युनिसेफ र सुनगाभा खानेपानि याेजना पहिराेले बगाउँदा खानेपानिकाे चरम अभाव सृजना भएकाे छ ।

माङसेबुङ गाउँपालिका कार्यालय समेत रहेकाे साे स्थानमा ७ दिनदेखि खानेपानी बन्द हुदाँ दैनिक जीवनमा असर पर्नु का साथै आकासे पानिकाे भरमा खाना सब्जि लगायतका कामहरू गर्न बाध्य रहेकाे स्थानीयहरू बताउछन् ।

पानी अभाब भएसँगै गाउँपालिका आसपासका हाेटल तथा खाजा घरहरू पनि बन्द हुने अवश्थामा पुगेका छन् । गाउँपालिकामा सेवग्राहीकाे घुइचाे लाग्न थालकाे छ । तर, पानी दिन सक्ने अवस्था समेत नहुँदा समस्यामा परेकाे हाेटल संचालक हाेमा खुलालले बताईन ।

करिब चार सय घरपरिवारले उपभाेग गर्दै आएकाे साे खानेपानी याेजनाकाे पाईपहरु पुण रूपमा फुटेकाे र पुरिएकाे हुदाँ मर्मत गर्न समय लागेकाे साेही याेजनाका अध्यक्ष तिलक कार्कीले बताउनुभयाे।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु