adv

नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ७८४८ पुग्यो

झापा,४ असार । नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६७१ जनामा संक्रमण पुष्टि भएको हो । यो हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा अर्घाखाँची ९७ जना ,दैलेख ८७ जना ,डडेलधुरा ८४ जना ,अछाम ४४ जना ,बाजुरा ४१ जना ,सुर्खेत ३४ जना ,रौतहट ३४ जना ,झापा २ जना ,मोरङ १ जना ,वैतडी २५ जना ,भक्तपुर ३ जना ,कैलाली ४२ जना ,कपिलवस्तु १६ जना ,काठमाडौं २ जना ,नुवाकोट २ जना,रुपन्देही ३ जना ,सर्लाही २ जना,सिन्धुपाल्चोक १ जना ,ललितपुर १ जना ,नवलपरासी पश्चिम २ जना ,महोत्तरी १ जना ,सिन्धुली १ जना ,पर्वत ५ जना ,चितवन १ जना ,नवलपरासी पूर्वका ३७ जना ,धनुषा २९ जना ,बागलुङ १ जना ,मनाङ १ जना स्याङ्जा ९ जना ,पर्वत ४ जना ,तनहुँ १५ जना ,गोरखा ११ जना ,गुल्मी ३ जना ,कपिलवस्तु १ जना ,पाल्पा ६ जना ,रुपन्देही ९ जना ,रोल्पा १ जना ,बाँके ३ जना ,बर्दिया ३ जना ,दाङ ४ जना ,बझाङ ३ जना ,कञ्चनपुर २ जना र डोटीका ५ जना रहेका छन्

यो संगै नेपालमा कुल संक्रमित संख्या ७८४८ पुगेको छ । कुल संक्रमित मध्ये सात हजार २२९ जना पुरुष रहेका छन् भने ६१९ जना महिला रहेका छन् ।

र देशका ७४ जिल्लामा संक्रमण फैलिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु