adv

झापाको हल्दिबारिमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १८१ पुग्यो

झापा,४ असार । झापाको हल्दिबारी गाउपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 संक्रमितहरु झापाको हल्दिबारी गाउँपालिकाको  वडा नं १ र ४ का ३० बर्षीय महिलाहरु रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिएका छन्  । उनिहरु जेठ २९ गते कुवेतबाट नेपाल फर्किएका हुन् ।

र ३१ गतेदेखि हल्दिवारी गाउँपालिकाले संचालन गरेको वडा नम्बर २ को क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमीत महिला सहित ३८ जनाको स्वाब संकलन गरि परिक्षणको लागि बिराटनगर २ गते पठाएको थियोे ।

यो संगै हल्दिबारिमा संक्रमितको संख्या ४ पुगेको छ यस अगाडी भारतबाट आएका २ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

र  झापामा कोरोना संक्रमितको कुल संख्या १८१ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या १२१ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु