adv

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो भने ११८६ जना निको भए

झापा,४ असार । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार थप २ जनाको मृत्यु भए संख्या कुल संख्या २२ पुगेको हो ।

 मृत्यु हुनेहरुमा कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ की ४३ वर्षीया महिला रहेका छन् ।

दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि गोदावरी का ति पुरुषलाई  सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। उनको असार ३ गते बेलुकी निधन भएको हो।

यस्तै लम्की चुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो। जेठ ३१ गते भर्ना भएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना संकलन गरिएको थियो ।

उनको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताए । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर जानेको संख्या ११८६ पुगेको छ । बिहिबार थप १९ जना संक्रमित डिस्चार्ज भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु