adv

भारतले गर्यो निर्यातमा अवरोध, मेची पुलमा रोकिए २५ ट्रक

काँकडभिट्टा । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको छ ।

लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भए पनि नेपाली वस्तु निर्यात हुन पाएको छैन । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको थियो ।

तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन । ‘बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो,’ व्यवसायी जैनले भने, ‘गाडी अगाडि जान नदिएपछि फर्काउन पनि मिलेन, सबै गाडी मेची पुलमा अलपत्र छन् ।’

व्यवसायीका अनुसार सबै चिया, अलैंची र अम्रिसोका गाडी हुन् । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ ।

मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जनायो । भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले भने, ‘नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई रहेछ, त्यहि भएर सामान रोकिएको हो ।’ कान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु