adv

सुनको मूल्य तोलाको ९१ हजार,हालसम्मकै उच्च मूल्य

काठमाडौँ, ८ असार । सोमबार सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्य ९१ हजार कायम भएको छ । नेपाल सुनचाँची व्यवसायी महासंघका अनुसार साेमबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको हो ।

यो हालसम्मकै उच्च हो । विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पनि ४ सय रुपैयाँ बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु