काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ ।
राष्ट्र बैंकले आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकंले यसअघि नै आइतबारदेखि सुकिलानोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोलेनोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।
तर राष्ट्र बैंक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेकोबताएको छ ।
अघिल्लो वर्षदेखि सुकिला नोट बाँड्न थालेको आएको राष्ट्र बैङ्कले यसपालि पनि यसैलाई निरन्तरता दिने भएको छ । बैङ्कले नयाँनोट सटही गर्दा खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । नयाँ नोटको सट्टा सुकिला नोट बाँड्दा वार्षिक झन्डै १ अर्ब ३०करोड रुपैयाँ बचत हुने राष्ट्र बैंकको अनुमान छ ।


