adv

इंगलिस प्रिमियर लिगको उपाधि लिभरपुललाई

काठमाडौं, १२ असार । लिभरपुलले इंगलिस प्रिमियर लिगको उपाधि हात पारेको छ । बिहिबार राति सम्पन्न प्रिमियर लिगको खेलमा चेल्सीले म्यान्चेष्टर सिटिलाई हराउँदा लिभरपुल उपाधि हात पार्न सफल भएको हो ।

जर्जन क्लोपको लिभरपुललाई एक मात्रै खेलमा जित हात पारे उपाधि सुनिश्चित हुने थियो । तर म्यान्चेष्टर सिटिले चेल्सीसँग हार बेहोर्दा लिभरपुललाई समात्न नसक्दा उसले उपाधि जित्न सफल भएको हो । सन् १९८९–१९९० पछि लिभरपुलको यो पहिलो प्रिमियर लिग उपाधि हो । लिभरपुलले उपाधि जितेको यो १९ औं अवसर पनि हो ।

एनफिल्डका मेयरले घरमै बसेर खुशीयाली मनाउन आव्हान् गरेपनि लिभरपुलले उपाधि जितेसँगै एनफिल्डमा हजारौं समर्थक जम्मा भई बधाई तथा खुसीयाली आदानप्रदान गरे ।

लिभरपुलका गोलकिपर एलिस्सन, डिफेन्डर भर्जिल भान डाइक र मीडफिल्डर एलेक्स अक्सलैड चैम्बरलैन सिटि र चेल्सीबीचको खेलपछि सँगै बसेर खुशीयाली मनाए ।

सन् १९७३ देखि १९९० को बीचमा लिभरपुलले ११ पटक उपाधि हात पारेको थियो ।
लिभरपुलले जारी संस्करणमा ३१ खेलमध्ये २८ मा जित हात पारेर ८६ अङ्क बटुलेको छ । दुईवटा बराबरी र एक खेलमा उसले हार बेहोरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु