adv

इलामको सूर्योदय नगरपालिकाको बजेट १ अर्ब १७ करोड १० लाख बढी

suryodaya nagar
ईलाम । इलामको सूर्योदय नगरपालिकाले एक अर्ब बढीको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।
आर्थिक वर्ष ०७७ र ७८ को लागि १ अर्ब १७ करोड १० लाख ३८ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।
नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ ३३ करोड ६९ लाख २३ हजार, सामाजिक विकास तर्फ ४२ करोड चार लाख चार हजार रुपैया रहेको छ ।
त्यस्तै आर्थिक विकास तर्फ २० करोड ४३ लाख ९८ हजार र सुशासन अन्तर निहित क्षेत्रमा ७ करोड ३८ हजार २० हजार रहेको छ ।
प्रस्तुत गरिएको बजेटमध्ये पूजीगत खर्च ५८ करोड ५० लाख ८४ हजार र प्रशासनिक खर्च ५८ करोड ५९ लाख ५३ हजार रहेको वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले बताए ।
नगरपालिकाले प्रस्तुत गरेको बजेटमा विकास बजेट ४९ दशमलव ९६ प्रतिशत र प्रशासनिक खर्च ५० दशमलव ४ प्रतिशत रहेको छ ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु