adv

इलामको माईजोगमाई गाउँपालिकाको बजेट ४५ करोड ५० लाख बढी

इलाम । इलामको माईजोगमाई गाउँपालिकाले आ.व. २०७७ र ०७८ को लागि ४५ करोड बढीको बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको अध्यक्षतामा भएको सातौ गाउँ सभामा उपाध्यक्ष सावित्रा भटटराईले आगामि आर्थिक वर्षका लागि ४५ करोड ५० लाख ५० हजार ३ सय २० रुपैयाको बजेट प्रस्तुत गरेकी थिइन् ।

 चालु खर्च तर्फ ७ करोड ४२ लाख ४५ हजार ६ सय , सशर्त अनुदान तर्फ १९ करोड ४८ लाख ५ हजार, अन्य अनुदानमा ४ करोड र पुंजीगत खर्च तर्फ १६ करोड ३९ लाख ९९ हजार ७ सय २० रुपैया बिनियोजन गरिएको छ ।

पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ६.४६३ प्रतिशत, सामाजिक विकास तर्फ १०.५४९ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१.७८४ प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९.२५२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १.६४६ प्रतिशत, अन्यपूँजीगत खर्चतर्फ ३.७२ र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ९.१४६ बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ । पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १७.४४ प्रतिशत रकम वडामा विनियोजन गरिएको छ ।

गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटमा प्राथामिकता दिएको छ । गत बर्षहरुको राम्रा कामहरुलाई निरन्तरता दिएको बजेटमा केहि नयाँ कुरा पनि थपिएको अध्यक्ष राईले बताए ।

बजेटमा वडा स्तरीय सडक योजनाहरुमा ४ लाख भन्दा घटी बजेट बिनियोजन नगर्ने निति गाउँपालिकाको छ । कृषि तथा पशु विकास, सडक, खानेपानी, सिंचाई र भवन निर्माण लाई निरन्तरता दिँदै वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुलाई बजेटमा प्राथमिकताका दिएर विनियोजन गरिएको छ ।

गाँउसभामा अध्यक्ष जीत बहादुर राईले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक नीतिमा कृषि तथा पशुपन्छी विकास नीतिलाई पहिलो प्राथामिक्तामा राखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु