adv

नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो,शुक्रबार थपिए ५९३ जना नयाँ संक्रमित

झापा,१२ असार । नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार नाघेको  छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार २४ घन्टामा ५९३ जना नयाँ संक्रमित थपिए संगै कुल संख्या ११ हजार ७ सय ५५ पुगेको हो ।

जसमा १२४९ जना महिला छन् भने १० हजार ५ सय ६ जना पुरुषहरु रहेका छन् ।

संक्रमित हुनेमा मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिरहाका ६ जना, अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, गोरखाका ५ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ जना, कपिलवस्तुका २१ जना, रौटहटका ५१ जना छन् ।

त्यस्तै सल्यानका ४ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना, चितवनका १२ जना, गुल्मीका १२ जना, सिन्धुलीका ६ जना, कास्कीका २ जना, लमजुङका ६ जना, बागलुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, गुल्मीका १३ जान, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जना रहेका छन् ।

नेपालमा  २७ जनाको मृत्यु भएको छ । दुई हजार ६९८ जना डिस्चार्ज भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु