झापा, १२ असार । झापामा आज शुक्रबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सङ्क्रमण पुष्टि हुनेमा दमकका एक महिला र दुई पुरुष र मेचीनगरका एक पुरुष रहेका जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
उनीहरु मेचीनगर वडा नं १ का १८ बर्षीय १८ बर्षीय पुरुष भारतबाट आएर देवी आधारतभुत विद्यालयको क्वारेन्टिनमा बसेका थिए।
त्यस्तै दमक नगरपालिका वडा नं ३, ८ र ९ का १ महिला कुबेतबाट आएकी हुन् भने र २ पुरुषहरु साउदी अरेबियाबाट आएका हुन्।
संक्रमित महिला दमक स्थित सिएमए क्याम्पसको क्वारेन्टिनमा रहेको र पुरुष संक्रमितहरु मिष्ट कलेज क्वारेन्टिनमा रहेका चम्लागाईले बताए ।
यो सँगै झापामा संक्रमितको संख्या २ सय २१ पुगेको छ ।