काठमाडौँ,१३ असार । नेपालमा सलह किरो छिरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतसँग सीमा जोडिएका तीन जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट छिरेको कृषि मन्त्रालयले जानकारी दिएको छ ।
बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको बताइएको छ ।
पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।
सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ।
केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो ।