adv
adv

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार नाघ्यो

झापा,१३ असार । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ सय ८४ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ ।

जनस्वास्थ्यविद्हरुले अनुसार जुलाई अन्तिमसम्ममा भारतमा संक्रमितको संख्या १० लाख पुग्ने अनुमान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएको छ । शनिबार बिहानसम्म महाराष्ट्रमा एक लाख ५२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै महाराष्ट्रमा ७ हजार एक सय ६ जनाको मृत्यु भएको छ भने करिब ८० हजार निको भएका छन् ।

महाराष्ट्रपछि राजधानी दिल्ली सबैभन्दा बढी प्रभावित भएको छ । दिल्लीमा संक्रमितको संख्या ७७ हजार २ सय ४० पुगेको छ भने २ हजार ४ सय ९२ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये दिल्लीमा अहिलेसम्म ४७ हजार ९१ जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु