झापा,१७ असार । सुनको मूल्यले आज बुधबार हालसम्म कै उच्च मूल्य कायम गर्दै तोलामा ९१ हजार ७ सय पुगेको छ ।
छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार ९१ हजार २ सयमा कारोबार भएको थियो । हालसम्म सबैभन्दा उच्च मूल्य प्रतितोला ९१ हजार ३ सयसम्म कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा ९१ ह्जार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

