adv

ईलाममा थप २ महिलामा कोरोना संक्रमण पुष्टि,संक्रमित सख्या १० पुग्यो

इलाम,१७ असार  । इलाममा  थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप दुई जना महिलामा मा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु  सूर्योदय नगरपालिका वडा नं १० की ४० बर्षिया र वडा नं १४ की २४ बर्षिया महिला रहेका छन् ।

उनीहरु कुवेतबाट आएर  सूर्योदय नगरपालिकाको  कृष्णाश्रम माविको क्मावारेन्टिनमा रहदै आएका  थिए ।   उनीहरुको स्वाब असार १२ गते संकलन गरेर परिक्षणमा पठाइएको सूर्योदय नगरपालिकाका कोभिड–१९ फोकल पसर्न बिपुल अधिकारीले जानकारी दिए ।

यो संगै  इलाममा संक्रमितको संख्या १० पुगेको हो । दुवै जनालाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु