मेचीनगर,१९ असार ।झापाको मेचीनगर नगरपालिकामा आज शुक्रबार एकै दिन थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंका अनुसार पछिल्लो २४ घन्टामा मेचीनगरमा थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा वडा नं. ५ को ६, जना, वडा नंं ३ को २ जना, वडा नं. १५ को २ जना, वडा नं. ९, १०, १२ र १४ को १/१ जना भएको मेचीनगरका सामाजिक बिकास समिति संयोजक नविन बरालले जानकारी दिए ।
उनीहरु २० बर्षदेखि ५५ बर्ष का सबै पुरुषहरु रहेका छन् र सबै भारतबाट आएर मेचीनगरको धुलाबारीस्थित राधा स्वामीको क्वारेन्टिनमा रहदै आएका थिए ।
योसंगै मेचीनगरमा संक्रमितको संख्या ४१ पुगेको छ । त्यस मध्ये ३ जना उपचार पछि निको भएर घर फर्किएका छन ।