adv

नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ५३१ पुग्यो

झापा,२५ असार । नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०८ जना संक्रमित थपिदा कुल संख्या १६ हजार ५३१ पुगेको हो ।

संक्रमित हुनेमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४ , लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्  । र नेपालमा कोरोना संक्रमणबाट कुल ७ हजार ८९१ जना निको भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु