झापा,२८ असार । नेपालमा आज आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमित हुनेहरु झापाका १, मोरङका २, धनुषाका १९, सर्लाहीका १, काठमाडौँका ५, ललितपुरका १, सिन्धुपाल्चोकका १, चितवनका ५, मकवानपुरका १, सिन्धुलीका १, सोलुखुम्बुका १, बागलुङका २, नवलपरासीका १ जना ,पर्वतका २, स्याङजाका १, तनहुँका ६,गोर्खाका १,लमजुङका २, गुल्मीका १, पाल्पाका १, दैलेखका १, रुकुमका २, सुर्खेतका ११, कालिकोटका ७, बझाङका १, डढेलधुराका २, कैलालीका २, दार्चुलाका १ जना रहेका छन्।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेको छ ।
त्यस्तै २४ घन्टामा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका छन् । भने ३८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।