झापा,२८ असार । झापाको रोट्रयाक क्लब अफ बिर्तामोडकी सदस्य रोसिका ढकालले बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई खाना खुवाएर मनाएकी छिन ।
बिर्तामोड नगरपालिका ३ निवासी रोसिकाले आफ्नो २३ औं जन्मदिनमा परोपकार तथा अनुसन्धान केन्दद्वारा संचालित बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई एकछाकको खाना खुवाएर मनाएकी हुन् ।
उनले बिर्तामोड ४ मा रहेको उक्त बृद्धाश्रमका ३५ जना असहाय बृद्धबृद्धाहरुलाई आज बिहानको खाना खुवाएकी हुन् ।
बढदो आधुनिकता संगै युवा पुस्तामा जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको छ, जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर तरिका फरक हुनसक्छ र आफुले जन्मदिनमा तामझाम गरेर फजुल खर्च गर्नुभन्दा त्यो रकम परोपकारमा लगाउन पाउँदा आफूलाई सन्तुष्टि मिलेको ढकालले बताईन् ।
त्यस अवसरमा रोट्रयाक क्लब अफ बिर्तामोडका २०२० –२१ का अध्यक्ष प्रभास थापामगर,आइपिपी राज मुखिया,सचिब बप्पा शाह ,उपाध्यक्ष बसन्त ढकाल लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।